कांग्रेसले एमालेसँग एक्लै भिड्ने हिम्मत राखेन : प्रदीप ज्ञवाली
काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा आफुहरूले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन्।
मंगलवार संसद बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए।
गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए। उनले कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने बताए।
‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो। त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्ने कुरा हो। गठबन्धन हाम्रो प्राथमिकतामा होइन’ उनले भने, ‘गठबन्धन बाहिरका दलहरूसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ। तर हिँड्दै जाँदा एजेण्डाहरु मिल्ने साथीहरु भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुनसक्छ।’
कांग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam