राति ठूलो पानी परेपछि काठमाण्डौको वाग्मती नदीमा बाढी
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।
वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो ।
काठमाण्डौ उपत्यकाका पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका खोलाहरुमा पनि बाढी आएकाले आज बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग नौबिसे– मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सडकको अवस्था बुझ्न प्रहरीको सुझाव छ ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam