गर्भवती पत्नीको हत्या गर्ने पक्राउ
काठमाडौं : गर्भवती पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले वीरगञ्जका दिनेशप्रसाद यादवलाई पक्राउ गरेको छ।
पत्नीको चरित्रमाथि शंका गर्दै पटक पटक झगडा गर्दै आएका यादवले आज बिहान २३ वर्षीय पत्नी प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। यादवलाई वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोलबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए।
यादवले बिहान करिब ४ बजेको समयमा घरैमा पत्नी प्रतिमाकुमारीको घाँटी दबाएर हत्या गरेका थिए। घटनाबारे सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam