सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढ्यो

काठमाडौं : बागमती प्रदेशको श्रम‚ रोजगार तथा यातायात मन्त्रालयले आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि वर्ग थप र नयाँ आवेदन दिने संख्या बढाएको छ।

मन्त्रालयले सेवाग्राहीहरूको अत्यधिक चाप व्यवस्थापन गर्न संख्या थपेको जनाएको छ।

ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ, चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागू हुने गरी आवेदन संख्या बढाइएको सूचनामा उल्लेख छ। 

‘अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि निवेदन दिन सकिने छ,’ सूचनामा उल्लेख गरिएको छ, ‘आम सेवाग्राहीले विवरणहरू(नागरिकता नम्बर, ड्राइभिङ लाइसेन्स नम्बर, नाम, मोबाइल नम्बर र वर्ग) त्रुटीरहीत हुने गरि प्रविष्ट गर्नु हुन अनुरोध छ।’

TOP