देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाकाे काँधमा आयाे : मन्त्री गहतराज
काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताउनुभएको हो । उहाँले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको बताउनुभयो । अब युवाको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनुभएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाको काँधमा छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रका रूपमा अगाडि बढाउनुपर्ने दायित्व हाम्रो अगाडि छ ।’
मन्त्री गहतराजले युवाले देशलाई समृद्ध बनाउने अभिभारा बाेक्नुपर्ने र अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताउनुभयो । अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाले समृद्धको चरण पार गर्नुपर्ने उहाँकाे भनाइ छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam