चन्द्रौटामा तिज महोत्सव भाद्र २ देखि १४ गते सम्म हुने
अजय मिश्र, चन्द्रौटा l कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मुटु भनेर चिनिने चन्द्रौटामा हिन्दू नारी हरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बंधमा आज पत्रकार सम्मेलन गरिएको छ l छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको आयोजनामा तिज महोत्सव २०७९ हुन लागेको छ l
सो महोत्सव यहि भाद्र २ गते देखि भाद्र १४ गते सम्म रहने आयोजकले जनाएको छ l तिज महोत्सव सम्बंधमा आज भएको पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्ष तथा कार्यक्रम संयोजक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अतिथिमा शरद अधिकारी, दिपक खड्का, सनिउल्ला धोबी, सिताराम चौधरी, गीता पौडेल लगायत रहेका थिए l
कार्यक्रममा शुभकामना मन्तव्य छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुका व्यवस्थापक सुमन पौडेलले राख्नुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणमान बज्राचार्यले तिज महोत्सवको शुभकामना सहित महोत्सवमा मौलिक तिजगीत हरू बाट रमाइलो गर्नुपर्ने महोत्सवको प्रचार प्रसार मा पत्रकार हरूको भूमिका महत्वपूर्ण रहने बताउदै कर्यक्रम भव्य र शभ्य तरिकाले मनाउन सबैमा आग्रह गरे l
छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको व्यवस्थापन , यो ठांउको पहिचान जोडेर तिज महोत्सवको तयारी तिब्र रूपमा अगाडि बढेको, तिज महोत्सवलाई कला र संस्कृति संग जोडेर तिज पर्वको महत्व दर्साइने छ, महोत्सवमा स्थानीय, प्रदेश र केन्द्रीय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै शिव लिंग र माइती घर निर्माण गरि सेल्फी जोन बनाइने, टिकटको व्यवस्थापन तथा पार्किंग व्यवस्थापन रहने तिज महोत्सव २०७९ का संयोजक चिन्ता परियारले बताए l
कार्यक्रममा बोल्दै अधिकांश वक्ताले तिज महोत्सव सफलताको कामना सहित तिज महोत्सव २०७९ कार्यक्रले तिजको मौलिकता दर्साउने विश्वास व्यक्त गरे l
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam