‘चुनावपछि ओली प्रधानमन्त्री, अहिलेको सरकार कमण्डलु लिएर बनारसतिर जान्छ’
काठमाडाैं : प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको मागअनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नँबहादुर र सक्दिनँबहादुर राख्नुपर्ने टिप्पणी गरिन्।
प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सरकार मंसिर ४ गते हुने निर्वाचनपछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन्।
‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताब दिन सक्दैन। किसानलाई मल, बीउ र सिँचाइ दिन सक्दैन। व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन।
उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ‘ उनले भनिन्, ‘यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नँबहादुर र सक्दिनँबहादुर राखौँ कि कसो? यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस्‚ दिल्लीतिर जाओस्। एमालेका केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ।’
निर्वाचनपछि नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री हुने दाबी उनले गरिन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam