प्रधानमन्त्री र मन्त्रीहरु बस्ने काठमाण्डाैकाे बिजाेग देख्दा श्रमदान गर्न मन लाग्याे : हर्क साम्पाङ
काठमाण्डाै – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाण्डाै सहरकाे बिजाेग देख्दा श्रमदान गर्न मन लागेकाे बताउनु भएकाे छ ।
धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाण्डाै आएका राईले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनु भएकाे हाे ।
उहाँले काठमाण्डाैकाे चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागेकाे बताउनु भएकाे छ ।
उहाँले लेख्नुभएकाे छ’, काठमाण्डाैकाे चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्याे ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam