माओवादी केन्द्र र नेसपाले संयुक्तरुपमा दल दर्ता गराए
काठमाडाैं : नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा दल दर्ता गरेका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मंगलवार) निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन्। दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो।
मंगलवार बिहान नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो।
नेसपा अध्यक्ष डा. भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए।
दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए।
आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन्।
आगामी निर्वाचनका लागि कांग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन्। नेपाली कांग्रेसले पनि आज नै दल दर्ता गराउनेछ। निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam