अदालतमा वकिलहरू कम्फुकराँते खेल्छन्, गठबन्धनले संसद् पंगु : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकारले संसद्लाई पंगु बनाएको आरोप लगाएका छन्।
राजनीति र युवा महिला विषयक अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत व्यक्तिको हातमा नेतृत्व पुगेकाले देश भद्रगोल बनेको बताएका हुन्।
‘अबको चुनावमा गलत निर्णय लिन पुग्यौँ भने देश बर्बादीतर्फ जान्छ। कुनै लोभ र प्रभावमा नफसौँ। गलत सूचना र जानकारीबाट टाढा रहौँ। गठबन्धन सरकारको एक वर्षमा सबै देख्नु र भोगिसक्यौँ। अर्थतन्त्र ओरालो लागेको छ। राजनीति भद्रगोल छ। संसद् पंगु भएको छ’‚ उनले भने, ‘संसद्जस्तो छैन। सरकार सरकारजस्तै छ। अदालत अदालत जस्तो छैन। प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर छाडिएको छ।’
अदालतमा बहस गर्नुपर्ने वकिलहरू कम्फु कराँते खेल्नतिर लागेको टिप्पणी गरे। आफू नेतृत्वको सरकारले सत्य र विकासको पक्षमा काम र राजनीति गर्ने बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै छोरी र श्रीमतीलाई अगाडि ल्याउन राजनीति गरेको आरोप लगाए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam