जनप्रतिनिधिसँग गगनले भने : गठबन्धनबाट आउने परिमाण थाहा छैन
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका छन्।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले केही दलका नेताले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाएका हुन्।
‘अरू दलका केही साथीहरू हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ। हामी उहाँहरूलाई २०७९ सम्झाउन चाहन्छौँ। २०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ। २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ। हाम्रो फूर्ति बढ्छ’‚ उनले भने, ‘त्यसैले आज गठबन्धन र यसको परिणाम के आउँछ‚ मलाई थाहा छैन। हामी भर्खर छलफल गर्दै छौँ तर त्यहाँभित्र काँग्रेस पार्टीको हैसियत पुरानो पार्टी आदिको छुट्टै महत्त्व छ तर अहिलेको तत्कालीन राजनीतिमा अहिले जोडघटाउको बीचमा उभिँदै गर्दा हाम्रो अग्लो व्यक्तित्व कुनै आधार, कारणले निर्माण भएको छ भने त्यो तपाईँहरूका कारणले हो।’
आफूविरुद्ध रहेका नेताहरूलाई गत वैशाख ३० गतेको स्थानीय तहमा कांग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताए। आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियतअनुसार सिट प्राप्त गर्ने बताए। वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँड हुने बताए।
उनले थपे, ‘मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ। जिम्मेवारीमा बस्दा कहिलेकाहीँ हामी महत्त्वपूर्ण कुरा भुल्छौँ, मैले पनि भुलेको थिएँ। चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने हामी जितेपछि के भन्ने बारेमा हाम अलमलमा पर्छौं।’
जिम्मेवारीमा बस्दा कहिलेकाहीँ महत्त्वपूर्ण काम पनि बिर्सिने गरेको भन्दै चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने नभइ जितेपछि के गर्ने भन्ने बारेमा पनि एजेण्डा बनाएर अघि बढ्न आवश्यक रहेको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam