पासोमा फसेको चितुवा मर्याे
बैतडी – बैतडीमा पासोमा फसेको अवस्थामा फेला परेको चितुवा मरेको छ । आज बुधवार बिहान फेला परेको चितुवा दिउँसो मरेको जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ ।
दशरथचन्द नगरपालिका ४ बिनासौमा बँदेलको लागि थापेकाे पासोमा चितुवा परेको थियो । पासोमा फसेको चितुवाको उद्धार गरी खोरभित्र राखेपछि मरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत रहेका छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने टोली भने घटनास्थलमा पुगेको छैन ।
बँदेलले मकै नष्ट गर्न थालेपछि बाली जोगाउनका लागि किसानले पासो थापेको र त्यही पासोमा चितुवा परेको थियो । बैतडीमा जङ्गली जनावरले किसानले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । बँदेल, दुम्सी र बाँदरलगायतका जनावरले किसानको बाली नष्ट गर्ने गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam