उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या २२ पुग्यो
काठमाडौं । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन्। लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज (बुधबार) बिहान डिस्चार्ज गरिएको हो।
यो सँगै नेपालमा निको हुनेको संख्या २२ पुगेको छ। यद्यपी, निको भएकाहरुमा पनि पुनःआशंकित लक्षण भने देखा परिरहेको बताइएको छ।
डिस्चार्ज भएका सबै भारतीय नागरिक हुन् ।
उनीहरु २१ देखि २४ बर्ष उमेर समूहका हुन्। वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगर उपचारका लागि ल्याइएको थियो । तिमध्ये ६ जना निको भएका हुन् ।
डिस्चार्ज हुने सबैलाई एक प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोशी अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार अस्पतालमा उपचारार्थ भर्ना भएका बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रदेश एकमा हालसम्म उदयपुरबाट २१ जना, झापाका दुई र भोजपुरबाट १ गरी कुल २५ जना कोरोना संक्रमितको उपचार भइरहको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


