एचआइभी संक्रमितलाई रोजगारी उपलब्ध गराउन सरकारलाई समितिको सुझाव

काठमाडौं : प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले एचआइभी एड्स संक्रमितहरुलाई रोजगारी उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ। आज बसेको समितिको बैठकले उनीहरुलाई दिइने रोजगारीको विषयमा छलफल भएको समितिका सचिव पुष्प प्रकाश खनालले जानकारी दिए।

‘एचआइभी संक्रमितहरुलाई रोजगार उपलब्ध गराउने विषयमा पीडितहरुसँगै बसेर छलफल भयो, कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भयो, सरकारलाई पनि यसका लागि पहल गर्न भनेका छौँ, सुझाव दिएका छौँ,’ उनले भने।

त्यस्तै, उनले ती एड्स संक्रमितहरुलाई उपलब्ध गराइँदै आएको मासिक एक हजार रुपैयाँ भत्ता समयसापेक्ष बढाउँदै लानुपर्ने सुझाव सरकारलाई दिएकाे जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा स्वास्थ्यमन्त्री उपस्थित नभएपनि मन्त्रालयका सचिवहरुकाे उपस्थितिमा छलफल भएको थियो। 

TOP