कपिलवस्तुका नेता तथा पूर्वमन्त्री चौधरी एमालेमा प्रवेश
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बनेका चौधरी एमाले प्रवेश गरेका हुन् ।
सोमवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीसहित नेसपाका लुम्बिनीका नेताहरू पार्टी प्रवेश गरे । २०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित भएका चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लडेका थिए । उनी यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।
चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam