अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश
एजेन्सी । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश भएको छ ।
आफ्नो कार्यकालमा उहाँले विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी लिनु कानुनसम्मत रहेको भए पनि सरकारका सिद्धान्तलाई मौलिक रूपमा कमजोर बनाएको सार्वजनिक अध्ययन समितिले जनाएको छ ।
यसअघि मोरिसन प्रधानमन्त्री रहेका बेला विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी गोप्य रूपमा लिएको सार्वजनिक भएको थियो ।
लगत्तै प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यसबारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आग्रह गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री मोरिसनले कोरोना महामारीका बेला सन् २०२० मार्चमा स्वास्थ्य तथा अर्थ, अप्रिल २०२१ मा उद्योग, विज्ञान तथा स्रोत र मे २०२१ मा ट्रेजरी तथा गृह मन्त्रालयको जिम्मेवारी समेत आफूले लिनुभएको थियो।
जिम्मेवारी लिए पनि कसैलाई जानकारी नदिइ गोप्य राखेको भन्दै उहाँको आलोचना भएको थियो । मोरिसनले आफूले कुनै पनि अधिकारको गलत प्रयोग नगरेको दोहाेर्याउनुभएको बीबीसीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam