अवैध संरचना भत्काउने काम निरन्तर : काठमाडौं महानगरपालिका
काठमाडौं : महानगरपालिकाले अवैध रूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना भत्काउने काम जारी राख्ने भएको छ।
‘यो अभियानको रूपमा सञ्चालन गर्ने हो’, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने, ‘कामपाको ३२ वटै वडामा अवैधरूपमा निर्माण भएका संरचना बाँकी राखिने छैन।’
नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना हटाउने उनले बताए। संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरूप गलत कानुनी प्रक्रिया अघि बढाउने उनले बताए।
‘अहिले सांकेतिकरूपमा केही संरचना भत्काइएको हो। अटेरी गर्दै गए आगामी दिनमा यस्ता धेरै संरचना भत्काउनुपर्ने हुन्छ’, लम्सालले भने। सूचना जारी गरेको ३५ दिन बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा समेत नआएपछि संरचना भत्काउन शुरु गरेको कामपाका प्रमुख साहले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
‘अनधिकृत संरचना नबनाउनुस्। बनाइसकेको अवस्थामा कामपाको आग्रहलाई अपमान नगरी आफैँले भत्काउनुस्। त्यस्ता संरचना भाडामा नलगाउने काम नगर्नुस्’, उनले भनेका छन्।
अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले हदैसम्मको पहल गर्ने प्रमुख साहको भनाइ छ ।
त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ।
अदालतलाई पत्र पठाउँदै कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
हाल बेसमेन्ट र अण्डरग्राउण्ड पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam