प्रतिनिधिसभामा १६५ सिट, गठबन्धन दलको दाबी २३४
काठमाडौं : पाँचदलीय गठबन्धन दलले चुनावी तालमेलका लागि आ–आफ्नो दाबी पेश गरेका छन्।
बिहीबार साँझ बसेको गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादी पार्टीले ३२ सिट दाबी गरेका हुन्। यस्तै राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ।
जनमोर्चाका सचिव हिमलाल पुरीले बैठकमा कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र निर्वाचन क्षेत्रबारे पनि छलफल भएको जानकारी दिए। शुक्रबार अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यसबारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।
यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा १६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam