आइतबारदेखि राहदानी विभागको बेसमेन्टमा पार्किङको व्यवस्था गरिने

काठमाडौं : राहदानी विभागले आगामी आइतबारदेखि विभागको बेसमेन्टमा पार्किङको व्यवस्था गर्ने जनाएको छ। शुक्रबार काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित विभागकाे बेसमेन्टमा राखिएकाे बेन्च,कुर्सी खाली गरेपछि विभागले यस्तो सूचना जारी गरेको हो।

विभागले बाहिरको सडकमा अनावश्यक भीडभाड नगर्न पनि आग्रह गरेको छ। विभागले यस्तो सूचना जारी गरेपछि महानगरपालिकाका प्रमुख बालेन शाहले प्रशंसा गरेका छन्।

‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्,यो कुरालाई पहिलेदेखि नै व्यावहारिक रुपमा प्रयोग गर्नुभएकाहरू प्रति महानगर आभारी छ,’उनले भने।

अहिलेको अभियानलाई साथ दिएर सुधार गर्ने सबैप्रति उनले धन्यवाद प्रदान गरे। ‘महानगरको यो अभियान सँधै रहनेछ,हामी पुन: अनुरोध गर्दछौँ, कृपया नियमको पालना गरिदिनु होला,’उनले फेसबुकमा लेखेका छन्। 

TOP