पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना नियन्त्रणमा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ लाई नियन्त्रणमा लिएको छ । 

यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ । 

विमानतर्फ प्रस्थान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाइ यात्रा अनुमति कागजात शंकास्पद देखिएकाले नियन्त्रणमा लिएको जनाइएको छ। 

नियन्त्रणमा लिइएकामा १०३ महिला र ९४ पुरुष छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। 
 

TOP