ओली कञ्चनपुर जाँदै, सांसद बुढाथोकी र प्रदेशसभा सदस्य लामा एमाले प्रवेश गर्ने
काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाने भएका छन्।
एमाले कञ्चनपुरको आयोजना हुने जनसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज कञ्चनपुर जान लागेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
ओलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने छन्। एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश सांसद तारा लामा, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रम शाही, वेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्द लगायत एमाले प्रवेश गर्दैछन्।
त्यसैगरी कैलालीबाट पनि कांग्रेस, माओवादी,लगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam