महाअभियोग सिफारिस समितिले आज पनि जबरासँग बयान लिने
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।
समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई ४३ मध्ये पाँच प्रश्न सोधिएको थियो । बाँकी प्रश्नको उनले क्रमश सामना गर्दै जानेछन् ।
हिजोको बयानमा जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गरेका थिए । विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उनको दाबी थियो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam