२ वटा प्रश्नको जवाफपछि जबरासँगको दोस्रो दिनको बयान सकियो, अर्को बैठक १९ गते बस्ने
काठमाण्डाै – महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।
हिजो बुधवार चार वटा प्रश्नको जवाफ दिएका राणाले आज बिहीवार दुई वटा प्रश्नको जवाफ दिनुभएको छ । अब उहाँको बयान लिने क्रम १९ गतेसम्म स्थगित भएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिनुभयो । उहाँलाई १९ गते आइतवार ११ बजे पुनः समितिमा बोलाइएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाउनुभएको थियो ।
सात महिनादेखि निलम्बनको अवस्थामा रहेका उहाँमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam