कांग्रेस महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
आज बिहीवार सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । ‘झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाउनुभयो’, उहाँले भन्नुभयो ।
मेचीनगर नगरपालिका ९ धुलाबारी निवासी शर्मा यसअघिका दुई चुनावमा पनि यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार हुनुभएको थियो । यसैगरी नेपाली कांग्रेसले झापा–१ को प्रदेश (क) का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेश सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । प्रदेश (ख) का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam