नेपाल र केन्याबीच दोस्रो एकदिवसीय आज
काठमाडौं : नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार हुँदैछ।
यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ।
हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।
शुक्रबारको खेलमा नेपालका आसिफ शेखले केन्याविरुद्ध ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६० रनको अर्धशतकीय पारी खेलेका थिए।
यसअघि ५ खेलको टी–ट्वेन्टी सिरिज जितेको नेपाल एक दिवसीय सिरिज पनि जितेर केन्या भ्रमणको सुखद अन्त्य गर्ने चाहन्छ।
केन्या पहिलो हारको बदला लिने योजनासहित मैदान उत्रिनेछ। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भदौ २० गते हुनेछ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam