तोकेभन्दा थोरै दरमा नदीजन्य पदार्थको कर उठाउने जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा
काठमाडौं : प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गर्ने बाग्लुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तत्कालीन उपप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई प्रतिवादी बनाउँदै आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रतिवादी पाँचै जनामाथि राजस्व चुहावटको दोब्बर जरिवाना हुन मागदाबी लिईएको छ। अख्तियारले प्रतिव्यक्ति ३४ लाख ८० हजार १३२ रूपैयाँ गरी जम्मा १ करोड ७४ लाख ६६० रूपैयाँ बिगो कायम गरी सजायको माग गरेको छ।
उनीहरूले नगरपालिकाले ढुंगा‚ गिट्टी र बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानूनअनुसार तोकेको दरमा सूचना प्रकाशन गरी ठेक्का लगाउनुपर्नेमा त्यस प्रक्रियाबिनै बिक्री वितरण दर थोरै निर्धारण गरेर सोही आधारमा राजस्व संकलन गरेको पुष्टि अख्तियारले गरेको छ।
नगरपालिकाको यस कार्यले सरकारलाई १७ लाख ४० हजार ६६ रूपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam