बेवारिसे रुपमा भेटिएका घाइते युवकको उपचारका क्रममा मृत्यु
सर्लाही : हरिपुर –३ फरहदवामा सोमबार राति घाइते अवस्थामा भेटिएर अस्पताल पुर्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत फरहदवामा सडक छेउमै गम्भीर घाइते अवस्थामा फेला परेका बेवारिसे युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्दा गर्दै आज बिहान मृत्यु भएको हो। अन्दाजी २२/२५ वर्षको र तराई मुलको जस्तो देखिने ती युवकको नाम, ठेगाना खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सोमबार राती पौने १० बजेतिर ती युवकलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो। युवक घाइते भेटिएको स्थान नजिकै खेतमा लडिरहेको अवस्थामा भारतीय नम्वर प्लेट बीआर ३० एई ०४१२ नम्वरको एउटा मोटरसाइकल समेत फेला परेको छ।
युवकलाई सो मोटरसाइकलले ठक्कर दिएपछि चालक मोटरसाइकल छाडेर भागेको वा युवक आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
अहिले जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिपुरको टोली घटनाको अनुसन्धानमा जुटिरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam