वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी
सल्यान : वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।
वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।
तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष जस्तो पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ।
जनताको प्रतिनिधिले नै गलत कार्यको अगुवाई गरेकोले नैतिकताको हिसाबले राजीनामा दिई सत्य तथ्य छानबिनको लागि माग गरिएको छ। केही समयअघि वडाध्यक्षले एक स्थानीय महिलासँग गरेको गोप्य अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
नैतिकताका आधारमा वडाध्यक्षले राजीनामा नदिएसम्म वडा कार्यालयमा लागेको ताला नखुल्ने स्थानीय रवि चन्दले बताए।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam