नक्कली कागजात बनाएर अरूको ‘ट्रायल’ दिने ५ जना पक्राउ
काठमाण्डाै – नक्कली कागजात बनाएर अरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने पाँच जना भक्तपुरबाट पक्राउ परेका छन् ।
मध्यपुर थिमिको राधेराधे इजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेशपत्र बनाएर अरू व्यक्तिको ट्रायल दिने पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौलीका मनिष श्रेष्ठ, टुल्कुसिँह तामाङ र मनिष लामिछाने, कालीकोटका इन्द्रबहादुर शाही र गोरखाका राजकुमार श्रीमल रहेका छन् । उनीहरूलाई लिखितसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam