गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको छ : पाैडेल
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार वीपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आज शुक्रवार दमौलीमा आयोजना गरेको १०९ औँ वीपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले वीपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार त्यहीअनुरूप चलेको स्पष्ट पार्नुभयो ।
‘वीपीले देखाएको मार्गलाई कांग्रेसले अवलम्बन गर्दै अघि बढेको छ’, उहाँले भन्नुभयो, ‘यदि सिद्धान्त विपरीत हिँडेको भए अहिले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो ।’
वीपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे त्यहीअनुरूप जनताको सपना साकार पार्न कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गर्नुभयो ।
अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam