भारतको आसाममा एक लाख सरकारी घर बनाइने, झण्डै १६ लाख मानिस लाभान्वित हुने
एजेन्सी । भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ ।
आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रन्जीत कुमार दासले अर्को हप्तादेखि नै ती घर बनाउने कामको थालनी हुने जानकारी दिनुभएको छ । सरकारले बनाउने सुविधासम्पन्न ती घरबाट १६ लाख मानिस लाभान्वित हुनेछन् । एक लाख घर आसाम राज्यका विभिन्न ठाउँमा बन्नेछन् ।
सरकारले घरवारविहीन तथा न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको समाचार संस्था एएनआईले जनाएको छ । घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ ।
भारतको केन्द्र सरकारले देशका अरु राज्यमा पनि प्रधानमन्त्री आवास योजना लागू गरी घरवारविहीनहरुलाई घर बनाइदिने कार्यक्रम अगाडि सारेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam