चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ
काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ।
आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए। जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ।
सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले भने समितिमा छलफलका लागि उपस्थित नहुने जानकारी गराएका छन्। हिजो बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले बहालवाला न्यायाधीशसँग सोधपुछ गर्ने काम शक्ति पृथकीकरणको सिद्धान्त र संविधानको मर्म प्रतिकुल हुने निष्कर्ष निकालेको थियो। जबराले नाम लिएका व्यक्तिहरुसँगको छलफलका लागि महाभियोग सिफारिस समितिको बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।
जबराले नाम लिएका व्यक्तिहरूसँगको छलफलपछि समितिले पुनः जबरासँग थप प्रश्न गर्ने तयारी गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam