माओवादीका चितवन सह-इन्चार्ज एमाले प्रवेश, प्रचण्डलाई धक्का
काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज यमबहादुर परियार एमालेमा प्रवेश गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनलाई एमालेमा स्वागत गरेका हुन्।
उनले चितवन, काठमाडौं र ललितपुरका करिब दुईदर्जन कार्यकर्तालाई खादा लगाई स्वागत गरे।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सबै देशभक्त, वामपन्थीहरूको एमालेमा समाहित हुनु जरूरी रहेको बताउँदै नवप्रवेशीहरूलाई कुनै भेदभावविना योग्यता, क्षमता र कार्य दक्षताका आधारमा जिम्मेवारी दिइने बताए।
सो कार्यक्रममा नवप्रवेशी माओवादी केन्द्रका केन्द्रीय सदस्य परियारले एमाले नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताए। चुनावको मुखमा चितवनको जिल्ला सह इन्चार्जले नै पार्टी छाडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ।
प्रचण्ड मंसिर ४ गते हुने निर्वाचनमा चितवन ३ बाट उठ्ने तयारी गरिरहेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam