आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना
काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही न्यून
चापीय रेखाको प्रभावका कारण आज बिहानैदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
पछिल्लो १२ घण्टामा नवलपरासीको परासी आसपासको क्षेत्रमा एक सय आठ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको देउराली नवलमा ६० दशमलव चार र दाङको कोइलावासमा ८० दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदाे शनिवारसम्म नै देशभर पानी पर्ने र कतै–कतै अतिभारी वर्षा र भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । शनिवार बेलुकादेखि भने पानी पर्न बिस्तारै कम हुँदै जाने मौसमविद् भट्टराईले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam