१ कराेड ७९ लाख मतदाता : सबैभन्दा धेरै माेरङमा, सबैभन्दा कम मनाङमा
काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आज शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।
आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।
यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam