जबराले कसैकाे उक्साहटमा हस्ताक्षर गर्न नमानेकाे हुन सक्छ : मीन विश्वकर्मा

काठमाण्डाै – महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि चलिरहेकाे छ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो । 

एक सय ७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न झन्डै सात घण्टाको समय लाग्ने समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पानामा हस्ताक्षर गर्ने बताउनुभएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताउनुभयो । जबराले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि समिति सदस्य विश्वकर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘जबराले हस्ताक्षर गर्न प्रभाेक गरेकाे जस्ताे लाग्याे । पहिला अन्तिम पानामा मात्रै हस्ताक्षर गर्छु भन्नुभयाे तर अहिले हस्ताक्षर गर्न नमानेपछि सुरुदेखि अन्तिमसम्म पढेर सुनाउे काम भइरहेकाे छ ।’

सदस्य विश्वकर्माले कसैको उक्साहटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । 

TOP