कांग्रेसलाई प्रेम आलेको चेतावनी : सके ७७ जिल्लामै गठबन्धन गर्दैनौँ भने हुन्छ
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
नेता आलेको निर्वाचन क्षेत्र डोटीमा कांग्रेसले गठबन्धन गर्न नखोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
पार्टीको समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने कुरा गरिरहेका छन्। गठबन्धन चाहिएन भने नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भन्नुपर्छ। होइन भने ७७ जिल्लामै गठबन्धन हुनुपर्छ।’
विद्रोहबाट जनताकोमा भर्खरै आएको पार्टी भएकाले आफूहरूलाई हेप्न खोजेको उनको भनाइ छ।
‘९ वटा स्थानीय तह भएको डोटीमा ६५ वडा छन्। त्यसमध्ये १० वडामा मात्र हाम्रा उम्मेदवारी भयो। त्यसमा ५५ वडामा हामीले त्यतिकै छाडेका थियौं। त्यही १० वडाको भोट गनेर कांग्रेसले समाजवादीको ३ हजार भोट छ भन्ने कुरा मान्य हुँदैन’ उनले भने।
स्थानीय चुनावको आधारमा गठबन्धन गर्ने कुरा स्वीकार्य नहुने चेतावनी दिए।
‘चुनावअघि काठमाडौंमा बालेनको मत कति थियो? उहाँ निर्वाचित हुनुभयो। स्थानीय निर्वाचनलाई आधारमा मानेर विद्रोहको कुरा गरिरहेका छन्। त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ। मैले पार्टी बैठकमा पनि भनिसकेको छु’ उनको भनाइ छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam