गगन थापाकाे गुनासाे – डेङ्गी नियन्त्रणमा तीन वटै सरकार गम्भीर भएनन्
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रूपमा फैलिएको डेङ्गी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले पालिकाले समेत डेङ्गी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो । कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपत्कालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचना भने निर्माण गर्न नसकेको उहाँको भनाइ थियो । डेङ्गी नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोभिडबाट अहिले डेङ्गीको बेलामा आउँदासम्म हामीले धेरै कुरा सिक्न सकेनछाैँ । डेङ्डी नियन्त्रण गर्ने काम स्वास्थ्य मन्त्रालयकाे मात्रै विषय हाेइन, स्थानीय सरकारले पनि तयारी थाल्नुपर्छ र प्राथमिकताका राख्नुपर्छ । हामीसँग आपत्कालीन समयमा काम गर्ने संरचना छ कि छैन ? यो काठमाण्डाैमा मात्रै सीमित नभएर देशभर फैलने क्रममा छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यति बेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाको निर्माणमा खासै चासो दिएकाे देखिएन वा सिक्न चाहेन ।’
महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरूले पनि आउँदाे चुनावकाे एजेन्डा बनाउनुपर्नेमा जोड दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam