कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
शिवराज अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । ३ जनाको अवस्था गम्भिर रहेको छ । मंगलबार बेलुका ५ बजे शिवराज नगरपालिका ७ जवाभारीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कमरून निशा रहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रवननि दिपेन्द्र राज गिरिले बताए ।
लु ४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी निशाको बहादुरगञ्ज स्थित शिवराज अस्पतालमा उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे जनाइएको छ ।
सो घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक पवन शाहीको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको बहादुरगञ्ज प्रहरीले जनाएको छ ।
त्यस्तै शिवराज नगरपालिकाको रूद्रपुरमा मोटरसाइकल दुर्घटना हँुदा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
साइकल चालक सामान्य घाइते भएका छन् भने मोटरसाइकलमा सवार दुबै जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी चन्द्रौटाले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam