नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय
काठमाण्डाै – सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिनुभयो। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर कोभिड महामारीका कारण भ्रमण वर्ष स्थगित भएको थियो । अहिले कोरोनाविरुद्धको खोपसँगै महामारी घटेपछि पर्यटन क्षेत्र गतिशील बन्न थालेको छ । पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो।
कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ।
तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने खुलाइएको छैन । कोभिडपूर्व अर्थात् सन् २०१८ र २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक मात्रै नेपाल आएका नेपाल पर्यटन बोर्डको विवरण छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam