साढे ८२ हजार नक्कली नोटसहित एकजना पक्राउ
बारा : नक्कली नेपाली नोटसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ।
महतोको कनकपुरस्थित घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले एक हजारको ८० थान र पाँच सय तीन थान नक्कली नोट बरामद गरेको हो। महतोले आफू सुत्ने खाटमा माछा मार्ने जालीभित्र उक्त नोट लुकाएर राखेको अवस्थामा फेला पारेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।
प्रहरीले पत्रकार सम्मेलन गरी महतोलाई नक्कली नोटसहित सार्वजनिक गरेको हो। नक्कली नोटको कारोवारमा अन्यको पनि संलग्नता हुन सक्ने देखिएकाले महतोलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam