देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहियाे : पाैडेल
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्ररूपमा सर्वाङ्गीण विकासतर्फ अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
व्यास नगरपालिका ४ को व्यास युवा क्लबद्वारा आज सोमवार आयोजित तेस्रो व्यास युवा कप २०७९ ९ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताउनुभयो । देशको समग्र विकास आवश्यक रहेको बताउँदै उहाँले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गर्नुभयो ।
तनहुँलाई नेपालभरको नमुना जिल्लाको रूपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उहाँले बताउनुभयो । ‘जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभइ जिल्लाको सर्वाङ्गीण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो । जिल्लाले विकासको काँचुली फेर्ने अवस्थामा रहेको छ’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागिरहेका छौँ ।’
सबै ग्रामीण क्षेत्रमा सडक पुर्याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उहाँले बताउनुभयो । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उहाँले बताउनुभयो । विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उहाँले बताउनुभयो । खेलको विकासका लागि देशले सधैँ सहयोग गर्ने नेता पौडेलको भनाइ छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam