अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

काठमाडौं : अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्। 

नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा उनी काठमाडौं आउन लागेकी हुन्।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार नेपालमा रहँदा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका सहभागीहरूसँग राउण्ड टेबल छलफलमा सहभागिता जनाउने कार्यक्रम छ। 

उनी गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागी हुनेछिन्।

यस्तै सांस्कृतिक संरक्षणसम्बन्धी राजदूतको कोष (एम्बास्डर्स फण्ड फर कल्चरल प्रिजर्भेसन) को स्थलगत भ्रमणमा जाने पनि कार्यक्रम छ। 

TOP