गान्धी दिवसको दिन नेपालले पनि स्वच्छता दिवस मनाओस् : राजदूत श्रीवास्तव
काठमाण्डाै – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
१५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताउनुभएको हो । उहाँले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताउनुभयो । भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने उहाँकाे भनाइ थियाे । गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगाल्ने हो अहिंसा र शान्तिको पथमा समाज रूपान्तरण हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गान्धीजीका नैतिक र आध्यात्मिक मूल्य, विचारधारालाई भारत र नेपाल मात्रै नभइ विश्वका नेताहरूले अघि बढाएका छन् । नेल्सन मन्डेलाले पनि गान्धीजीको विचारधारलाई अँगालेर दक्षिण अफ्रिकाको भेदभावलाई अन्त्य गर्न सक्नुभयो । गान्धीजीले अर्को कुरा गर्नुभएको थियो, जसलाई भारतमा स्वच्छता दिवसको रूपमा मनाइन्छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा महात्मा गान्धी दिवसलाई स्वच्छता दिवस, स्वच्छताको एक अभियान लागू गर्न भन्नुभएको थियो । यो दिवस भारतमा त हामी मनाउँछौँ नै, नेपालमा पनि यसको अनुसरण भयो भने राम्रो नै हुन्छ ।’
राजदूत श्रीवास्तवले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले जीवनमा अनुसरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी गर्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam