थाइल्याण्डमा गोली चल्दा २३ बालबालिकासहित तीसको मृत्यु

एजेन्सी । थाइल्याण्डमा एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा ३० जनाको मृत्यु भएको छ।

उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा स्थानीय समय अनुसार आज दिउँसो साँढे १२ बजेतिर पूर्व प्रहरी अधिकारीले गोली चलाउँदा २३ बालबालिका सहित ३० जनाको मृत्यु भएको हो। ज्यान गुमाउनेमा दुई शिक्षक र एक प्रहरी अधिकारी समेत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गोली प्रहारपछि ती व्यक्तिले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TOP