दार्चुला कांग्रेसमा लफडा : बडुले पाए टिकट, गिरीले छोडे पार्टी
धनगढी : नेपाली दार्चुलामा पनि खटपट सुरु भएको छ। शुक्रबार राति नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले दार्चुलाबाट प्रतिनिधिसभातर्फ हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका संस्थापन इतरका नेता दिलेन्द्र प्रसाद बडुलाई उम्मेदवार बनाउने निर्णय गरेपछि खटपट सुरु भएको छ।
बडुलाई उम्मेदवार बनाउने निर्णयपछि कांग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरीशंकर गिरीले पार्टी छोडेको घोषणा गरेका छन्। उनले टिकट वितरणमा असहमति जनाउँदै आफू कांग्रेस (बीपी) मा प्रवेश गरेको जनाएका छन्। प्रतिनिधि सभा उम्मेदवारका लागि दार्चुलाबाट उनको नाम पनि सिफारिस भएको थियो।
तर, कांग्रेसले बडुलाई टिकट दिएपछि गिरी रुष्ट भएका हुन्। विगतदेखि यस्तै उनले पार्टीमा कामको मूल्यांकन नभएको र नेतृत्व असक्षम देखिएको भन्दै पार्टी छाडेको बताए।
१० वर्षसम्म जिल्ला सचिव रहेका गिरी पटक–पटक दार्चुलाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। कुनै बेला बडूका अनिष्टमा गनिने गिरीले चुनावको मुखमै पार्टी परित्याग गरेका हुन्। गठबन्धनमा संघतर्फ बडू र प्रदेश सभामा १/१ सिट कांग्रेस र माओवादीले बाँड्ने भएका छन्।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam