भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन
दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।
भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । बड्डाँडा नजिकै रहेको खहरे खोलामा आएको बाढीले अहिले सडक बन्द भएकाे छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam