को-को ले दिए स्वतन्त्र उम्मेदवारी
काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले टिकट नदिएपछि केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
यस्तै एमालेबाटै टिकट नपाएका अर्का नेता रामवीर मानन्धरले काठमाण्डौ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका अर्का नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै नेपाली कांग्रेसले टिकट नदिएपछि नेता दिनेश कोइरालाले चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेसकै नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको झापा क्षेत्र नं. ५ बाट लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam