देउवाकाे उम्मेदवारीविरुद्ध कर्ण मल्लकाे उजुरी
काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दर्ता गराउनुभएको हो ।
देउवाको नागरिकतामा जन्ममिति २००३ जेठ ३१ गते रहेको र मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको उजुरीमा उल्लेख छ । उजुरीमाथि भाेलि मङ्गलवारसम्ममा निर्णय लिइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो चुनावमा नेपाली कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका मल्लले गएको पालिका चुनावमा गठबन्धन गर्न नमान्दा पार्टीबाट कारबाहीमा पर्नुभएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam