भक्तपुरमा ११ वर्षीया बालिकामाथि बलात्कार
भक्तपुर : ११ वर्षकी बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको छ।
सुनारले सोमबार राति सूर्यविनायक नगरपालिका-२ मा बालिकाको डेरामा पुगी जबरजस्ती करणी गरेका थिए। नुवाकोट घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरामा बस्दै आएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान शुरु गरिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam